LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल पत्रकार महासंघ रुपन्देहीले ७ ० औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिनुभयो ।

उपाध्यक्ष ढकालका अनुसार प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मद्दत पु¥याउनेछ ।
उहाँका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिनेछ ।

यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिता अन्तरगत १६ गते मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुनेछ ।
बुटवल ११ देवीनगर नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने छन ।

प्रतियोगिता संयोजक सहसचिव सुमन श्रेष्ठका अनुसार लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, बुद्ध टेलिभिजन, ग्लोबल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट, बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज् र समता टेलिभिजनले टीम दर्ता गराएका छन्।
कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघसंस्थाको टीम दर्ताको कार्य चलिरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय