LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
सैनामैना, रूपन्देही – २०८१ चैत्र १३

रूपन्देहीको सैनामैनामा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवस तथा ६८औँ राष्ट्रिय सहकारी दिवस को अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थाका पदाधिकारी, नगरपालिकाका प्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका का नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले रक्तदान जस्तो महत्त्वपूर्ण कार्यमार्फत संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउनु भयो। उहाँले रक्तदानले धेरैको जीवन बचाउने भएकाले यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, संस्थाका संस्थापक सचिब चित्र बहादुर केसीले रक्तदान अभियान स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउँदै स्थानीय समुदायलाई अझ बढी संलग्न गराउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्ष सावित्रा शर्माले बचत तथा ऋण सहकारी संस्था स्थापनाकालदेखि नै सामाजिक कार्यमा अग्रसर रहँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

शर्माले कार्यक्रमलाई सफल बनाउन संस्थाका पदाधिकारी, स्वयंसेवी रक्तदाता तथा स्थानीय समुदायको उल्लेखनीय योगदान रहेको बताउदै चौतारी बचत तथा ऋण सहकारी संस्थाले भविष्यमा पनि स्वास्थ्य र सामाजिक सेवासँग सम्बन्धित विभिन्न गतिविधिहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि  जनाउनु भएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सावित्रा शर्मा ले गर्नुभएको थियो भने सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा प्रमुख अतिथि रहेको थियो। साथै, चित्र बहादुर केसी विशेष अतिथिका रूपमा रहनुभएको थियो। अन्य अतिथिहरूमा सैनामैना नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी, संस्थाका संस्थापक अध्यक्ष रुद्र गौतम, समाजसेवी रण बहादुर खनाल, निवर्तमान अध्यक्ष लोकनाथ अधिकारी, तथा पूर्वअध्यक्ष टेक बहादुर रेश्मी रहनुभएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाको सामाजिक सेवामा सक्रिय भूमिका रहेको भन्दै यस किसिमका अभियानहरूले सहकारी क्षेत्रको गरिमा अझ बढाउने धारणा राखेका थिए।

रक्तदान कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिन्तामणी भुषाल ले गर्नुभएको थियो भने कार्यक्रम को संयोजक संस्थाका उपाध्यक्ष संगीता अधिकारी ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय