रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४ परम्परागत चैत्र पूर्णिमा उत्सव एबं रुमिन्देई माई मेला शुक्रबारदेखि सुरु भएको छ । मेलाको उदघाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले शुक्रबार एक समारोहका बीच गर्नुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका आयोजक तथा लुम्बिनी विकास कोष सहआयोजक रहेको मेला बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । मेलालाई भब्यरुपमा सम्पन्न गर्न नगरपालिकाले सम्पूर्ण व्यवस्था गरेको छ । नगर प्रमुख मुसलमानले ऐतिहासिक एवं परम्परागत रुपमा चलिआएको चैत्र पूर्णिमा उत्सव एवं रुमिन्देई मेलालाई शान्ति
पूर्ण रुपमा सम्पन्न गर्नु सवैको दायित्व र कर्तब्य रहेको बताउनुभयो । उहाँले यस प्रकारका ऐतिहासिक मेला संरक्षण गर्न नगरपालिकाले आगामी दिनमा ध्यान दिने बताउनुभयो ।



मेला उदघाटन समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष विनोदकुमार श्रीवास्तवले मेलाको महिमाको बारेमा बताउनुभएको थियो भने अहमद हुसेन खान र अर्जुन कुर्मीले लुम्बिनी क्षेत्रमा बर्षौदेखि सञ्चालन हुँदै आएको मेलालाई अझै भब्य र सौहार्दपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन राजन चौधरीले गर्नुभएको थियो ।




