LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४  परम्परागत चैत्र पूर्णिमा उत्सव एबं रुमिन्देई माई मेला शुक्रबारदेखि सुरु भएको छ । मेलाको उदघाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले शुक्रबार एक समारोहका बीच गर्नुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका आयोजक तथा लुम्बिनी विकास कोष सहआयोजक रहेको मेला बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । मेलालाई भब्यरुपमा सम्पन्न गर्न नगरपालिकाले सम्पूर्ण व्यवस्था गरेको छ । नगर प्रमुख मुसलमानले ऐतिहासिक एवं परम्परागत रुपमा चलिआएको चैत्र पूर्णिमा उत्सव एवं रुमिन्देई मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सवैको दायित्व र कर्तब्य रहेको बताउनुभयो । उहाँले यस प्रकारका ऐतिहासिक मेला संरक्षण गर्न नगरपालिकाले आगामी दिनमा ध्यान दिने बताउनुभयो ।

मेला उदघाटन समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष विनोदकुमार श्रीवास्तवले मेलाको महिमाको बारेमा बताउनुभएको थियो भने अहमद हुसेन खान र अर्जुन कुर्मीले लुम्बिनी क्षेत्रमा बर्षौदेखि सञ्चालन हुँदै आएको मेलालाई अझै भब्य र सौहार्दपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन राजन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय