LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अहिलेको संविधानको जग धेरै बलियो भएको बताउनु भएको छ । उहाँले नेपालका स्थापित धारका राजनीतिक दलहरु यो संविधानको पक्षमा रहेको वताउँदै प्रतिगामी तत्व सल्बलाए पनि सफल नहुने दावी गर्नुभयो ।

काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै नेता खाँणले यो संविधान जनताले चुनेका जनप्रतिनिधिहरुले संविधानसभाको माध्यमबाट बनाएको बताउँदै जसले यो संविधान मानेको छैनन्, त्यसले पनि यो संविधान मान्ने र यसको स्वामीत्व लिने गरी संविधान संशोधन गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

संविधानलाई समाप्त गर्ने मनसायले विभिन्न देशी–विदेशी तागतका साथ प्रयत्न गरिएको उहाँको भनाइ छ ।
यो संविधानलाई बचाउने, अगाडि बढाउने कि यसलाई निस्तेज गर्ने अहिलेको सवाल भएको नेता खाँणको भनाई छ ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले नेपाली जनता र काँग्रेसले नचाहेसम्म मुलुकमा राजा फर्किन नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गंगा शाही, रुपन्देही पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं लगायतले बोल्नुभएको थियो ।
काँग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्वमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय