LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

२७ वैशाख, काठमाडौं । कर्णाली नदीमा दुई किशोर बेपत्ता भएपछि सशस्त्र प्रहरीले गोताखोर टोली परिचालन गरी खोजी कार्य तीव्र पारेको छ।

कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नरहरी गाउँपालिका–१, कोटवारीका १६ वर्षीय बिराज विष्ट शुक्रबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन्। उक्त घटनाबारे जानकारी प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म, कालीकोटले उद्धारका लागि पहल गरेको थियो।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट पाँच सदस्यीय गोताखोर टोली घटनास्थलमा खटाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। गोताखोर टोली हाल घटनास्थलमा परिचालित भई खोजी कार्यमा संलग्न छ।

यता, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमै अर्का १६ वर्षीय किशोर भुवन सार्की पनि शुक्रबारै डुबेर बेपत्ता भएका छन्। उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भए पनि सशस्त्र प्रहरी बलले हराएका दुबै किशोरको सकुशल उद्धारका लागि प्रयास जारी रहेको जनाएको छ।

स्थानीयवासी तथा परिवारजनले उद्धार कार्यमा सरकार तथा सुरक्षा निकायको थप सक्रियता माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय