LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा र नेपाल ब्यावसायिक कलाकार संघ रुपन्देहीको सहजीकरणमा कञ्चन १ को दानापुर तालमा शुक्रबारदेखि चित्रकला कार्यशाला सुरु भएको छ ।

दुई दिनसम्म चल्ने चित्रकला कार्यशालामा कञ्चन गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका सम्पदाहरुलाई २० जना रंगकर्मीहरुले क्यानभासमा उतार्ने जमर्को गरेका छन ।

चित्रकला कार्यशालाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाका लागि यो पहिलो प्रयास हो भन्दै आगामी दिनमा समेत यस प्रकारका कार्यशालाको माध्यमबाट कञ्चन गाउँपालिकामा रहेका ऐतिहासिक तथा धार्मिक सम्पदालाई क्यानभासमा उतार्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले चित्रकला कार्यशालामार्फत पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचार प्रसारमा सहयोग पुग्ने भन्दै ती सम्पदाहरु क्यानभासमार्फत कञ्चनको अमूल्य निधी बन्ने बताउनुभयो ।

शनिवारसम्म चल्ने चित्रकला कार्यशाला उदघाटन सत्रको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने संचालन प्रशासन प्रमुख गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय