LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ८ मा रहेको दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दशौ साधारणसभा तथा छैठौ अधिबेशन शनिबार सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले खानेपानीको लागि हिजोको दिनमा नदी र कुवाको पानी प्रयोग गर्दै आएको स्मरण गर्दै अहिले हरेक नागरिकले शुद्ध पिउने पानी प्रयोग गर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले आजको आवश्यकता आम जनताको घरमा धारा पुराउने कुरा बढी महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने संविधानको व्यवस्थालाई कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौति रहेको उल्लेखले अव त्यो काममा लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जुन उद्देश्यले खानेपानी आयोजना संचालन गरेको हो, त्यो उद्देश्य अनुसार नै दुधराक्ष बाँसगढी खानेपानी आयोजना संचालन गरिएको बताउनु भयो ।

उहाँले संघीय, प्रदेश र स्थानीय सरकारले सवै नागरिकलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन लिएको अवधारणा अनुसार दुधराक्ष खानेपानीले समेत गरिव, विपन्न र सिमान्तकृत उपभोक्तालाई निशुल्क खानेपानी उपलब्ध गराउने नीति लिएको भन्दै दुधराक्ष बाँसगढी खानेपानीको प्रशंसा गर्नुभयो ।

दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मुक्त बहादुर थापाले प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई खानेपानी सुलभ र स्वच्छ रुपमा उपलब्ध गराउन तल्लीन रहेको उल्लेख गर्नुभयो ।

उहाँले दुधराक्ष बाँसगढी खानेपानी र पिपलडाँडा खानेपानी संस्था मर्ज गर्ने सहमति भैसकेको समेत बताउनुभयो । अध्यक्ष थापाले आमी खानेपानी आयोजनाको निर्माणको काम अघि बढाउने र खानेपानी कार्यालयको भवन निर्माण लगायतको काम अघि बढाउने प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय योगिकुटिका प्रमुख राजकुमार चौधरीले सरकारले शुद्ध खानेपानीलाई जनताको मौलिक अधिकारको रुपमा ब्यबस्था गरेकोले पानीको गुणस्तर मापन गरि आगामी दिनमा जनतालाइ शुद्ध पानीको ब्यवस्था गर्ने कार्यमा आफुहरु लागेको बताउनुभयो ।
यसैबीच साधारण सभाले दुधराक्ष खानेपानी र पिपलडाँडा खानेपानी एकीकरण गर्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ ।

दुई संस्था एकीकरण गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गरेपछि शनिवार नै तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको अध्यक्षमा मुक्तबहादुर थापा रहनुभएको छ भने उपाध्यक्षमा कमला चौधरी, सचिवमा होमबहादुर राना, कोषाध्यक्षमा टंकप्रसाद बस्याल र सहसचिवमा सावित्रा कार्की रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा ऋषिराम जैसी खरेल, नेत्र लामिछाने, कोपिला सापकोटा, रामचन्द्र गिरि, लिला थापा, अमृता नेपाली, मिना चौधरी र यमलाल गिरी रहनुभएको छ ।
त्यसैगरी छविलाल पाठक संयोजक रहेको ६ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा भूमिलाल सापकोटा, रोमनाथ न्यौपाने, टिकाराम उप्रेती, एकदेब पौडेल र जनक मिदुन रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय