बिहादी गाउँपालिकाले २५ लाख बजेटमा चालु आर्थिक वर्षमै बृहत चिस्यान केन्द्र निर्माण गर्ने भएको छ। अध्यक्ष परविन गुरुङका अनुसार कृषकलाई राहत पुर्याउने उद्देश्यले योजना ल्याइएको हो।
साथै, कक्षा १ देखि ८ सम्मका विद्यार्थीको लागि २० लाख बजेट विनियोजन गरी स्थानीय उत्पादन प्रयोग हुने दिवा खाजा कार्यक्रम पनि सुरु गरिने बताउनुभएको छ ।







