LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

वातावरण संरक्षण गर्ने तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले रुपन्देहीको बुटवल, सैनामैना र तिलोत्तमा नगर क्षेत्रमा शनिबार कोरा साईक्लिङ भएको छ ।
पर्यावरण संरक्षण गर्न कोरा साईक्लिङको महत्वपूर्ण रहेको छ । अभियानमा जोडिएका अभियानकर्मीहरुले कोरा साईक्लिङले स्वास्थ्यसंगै पर्यटनलाई जोडन सफल भएको बताएका छन ।
विश्वभर नै पर्वको रुपमा लिईने कोरा यो बर्ष रुपन्देहीका ३ पालिकामा भएको हो ।
बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुकबहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताउँदै रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उद्देश्य समेत रहेको बताउनुभयो ।
यसैगरी सैनामैनामा समेत शनिबार साइकल साथी सैनामैनाको आयोजनामा “सैनामैना कोरा २०२५ सम्पन्न भएको छ ।
शनिवार विहान मुर्गियास्थित लुम्बिनी गेटबाट सुरु भएको कोरा साईक्लिङले सैनामैनाका ऐतिहासिक तथा पर्यटकीय स्थलको परिक्रमा गरेको छ ।
यसैबीच रोटरी क्लब अफ सैनामैनाले वातावरण सरक्षण प्रोत्साहनको लागि सैनामैना –४ मुर्गियामा कोरामा सहभागी साइकल यात्रीहरुलाई स्वागत सहित जलपान समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय