LIVE
लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने |

साउनको दोश्रो सोमबार रुपन्देहीका श्रद्धालु भक्तजनहरुले कपिलवस्तुको लक्ष्मणघाटबाट जल संकल्प गरि सैनामैना १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा जलार्पण गरेका छन ।
बोलबम तीर्थ यात्रीहरुको ठूलो समूह सोमबार विहान जल उठाउन कपिलवस्तुको लक्ष्मणघाट गएको थियो । त्यहाँबाट संकल्प गरिएको जल ल्याएर पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गरिएको हो ।

यसैबीच पश्चिम नेपालको पशुपतिनाथ भनेर नाम र प्रसिद्धि कमाएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा साउनको दोश्रो सोमबार जलार्पणका लागि यो बर्षकै धेरै श्रद्धालु भक्तजनहरुको भीड लागेको थियो ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङग बोलबम धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले साउनको दोश्रो सोमबार कपिलवस्तुको लक्ष्मणघाटबाट जल उठाई बोलबम श्रद्धालु भक्तजनहरुले पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङग बोलबम धाममा जलार्पण गरेको बताउनु भयो ।

उहाँले बोलबम यात्रामा सहभागी हुने सवैप्रति धन्यबाद र आभार प्रकट गर्दै अव साउनको १५ गते पश्चिम नवलपरासीको त्रिबेणी र साउनको २१ गते पाल्पा, गुल्मी र स्याङजाको संगम स्थल रिडीबाट जल उठाएर पर्रोहा बोलबम धाममा जलार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले १५ र २१ गतेको बोलबम यात्रामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुसंग आग्रह गर्नुभयो ।

पर्रोहा बोलबम धाममा हरेक बर्ष गुरुपूर्णिमादेखि सुरु भएको बोलबम धाम जलार्पण यात्रा एक महिना अर्थात जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा रहेको छ ।
एक महिनासम्म हुने बोलबम धाम जलार्पण यात्रा तथा श्रावणी मेलामा नेपालको मात्रै नभै भारतका विभिन्न सहरबाट आउने श्रद्धालु भक्तजनले समेत जलार्पण गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पर्रोहा बोलबम धाम यात्रा व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक ज्ञानेश्वर घिमिरेले एक महिनासम्म हुने बोलबम जलार्पणका क्रममा सोमबार लक्ष्मणघाटबाट जल ल्याएर पर्रोहा बोलबम धाममा जलार्पण गरिएको जानकारी दिदै अव गुल्मीको रिडी र पश्चिम नवलपरासीको त्रिबेणी तथा तनहुँको देवघाट धाम लगायतका स्थानबाट जल उठाएर पर्रोहा बोलबम धाममा ल्याई जलार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय