LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

गत असार २६ गते गुरुपूर्णिमाको दिनदेखि सुरु भएको पर्रोहा बोलबम धाम जलार्पण कार्यक्रम शनिबार जनैपूर्णिमाको दिनदेखि समापन भएको छ । एक महिना चलेको बोलबम धाम जलार्पण तथा श्रावणी मेलामा करिव एकलाख ५० हजार श्रद्धालु भक्तजनले पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गरेका छन ।

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आयोजित एक महिने श्री शिव महापुराण श्रृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महामहोत्सवको शनिवार एक समारोहका बीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले समापन गर्नुभयो ।

त्यस अवसरमा बोल्दै उहाँले समृद्ध लुम्बिनीको आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रबाटै सम्भव रहेको चर्चा गर्दै समग्र प्रदेशलाई जोड्न लुम्बिनी पर्यटन सर्किटको योजना बनाएको बताउनु भयो । उहाँले बाह्य पर्यटक भित्राई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको समेत बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले धामको बाँकी रहेको निर्माण कार्यलाई स्थानीय सरकारसँग समन्वय गरी छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पर्रोहा बोलबम धामलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने र विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरूलाई समेत आकर्षित गर्न प्रदेश सरकारले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख मेनका खाणले आध्यात्मिक र धार्मिक चिन्तनले मानिसको जीवनमा अनुशासन र प्रगति ल्याउने भन्दै धामको निर्माण कार्यका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहने विश्वास ब्यक्त गर्नुभयो ।
सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले संघीय र प्रदेश सरकार तथा सैनामैना नगरपालिकाको सहयोगमा धामको बाँकी रहेको ५० प्रतिशत काम छिटै अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अर्थमन्त्री बिष्णु पौडेलले धामको सहयोगका लागि प्रतिवद्धता जनाउनु भएको स्मरण गर्दै धामको विकास निर्माणको काम समयमै सम्पन्न हुने उल्लेख गर्नुभयो ।

धामका अध्यक्ष चित्रबहादुर कार्कीले बोलबम जलार्पण तथा श्रावणी मेलाको अवसरमा साउन महिनामा ४३ लाख ५० हजार रकम संकलन भएको जानकारी दिदै संकलित रकममध्ये करिब ९ लाख खर्च भएको र बाँकी ३५ लाख बचत भएको जानकारी दिनुभयो ।

उहाँले सवैको सहयोगले यस वर्षको श्रावणी मेला अहिलेसम्मकै सबैभन्दा व्यवस्थित र सफल भएको बताउनुभयो । उहाँले बोलबम धाम जलार्पण तथा श्रावणी मेला सफलरुपमा सम्पन्न गर्न स्थानीय श्रद्धालु भक्तजनको ठूलो सहयोग रहेको बताउँदै केही दिनभित्रै धामको आजीवन सदस्यहरुको भेला आयोजना गरेर विस्तृत छलफल गर्ने जानकारी दिनुभयो । उहाँले अक्षयकोषलाई प्रवद्र्धन गर्दै लैजाने प्रतिवद्धता समेत जनाउनुभयो ।

बोलबम धमका महासचिव गोपाल आचार्यले करिब एक लाख ५० हजार श्रद्धालु भक्तजनहरूले यो बर्ष पर्रोहा बोलबम धाममा जलार्पण गरेको जानकारी दिनुभयो ।
एक महिने बोलबम जलार्पण तथा श्रावणी मेलाको अवधिमा आर्थिक, भण्डारा र अन्य विभिन्न रूपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको आचार्यले जानकारी दिनुभयो ।
धामका वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारुले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता धामका अध्यक्ष चित्रबहादुर कार्कीले गर्नुभएको थियो भने सञ्चालन धामका कार्यालय सचिव हरि शर्मा गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय