LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेवाः पूच पर्रोहा सैनामैनाले हरेक बर्ष जस्तै यो बर्षपनि परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सैनामैना नगरपालिकाको मुर्गियामा शनिवार साँझ लाखे नाच र रोपाई जात्रा प्रदर्शन गरेको छ । जनै पूर्णिमाका दिन आयोजित लाखे नाचमा नेवारी बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

सैनामैना–४ स्थित लुम्बिनी गेट अगाडि भएको कार्यक्रममा स्थानीय सैनामैनावासीको बाक्लो उपस्थिति रहेको थियो । संस्थाले हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यसरी नै लाखे नाच प्रस्तुत गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि दर्शकहरूलाई सांस्कृतिक मनोरञ्जन प्रदान गरेको छ ।

लाखे नाच प्रदर्शन कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले लाखे नाच लगायतका सांस्कृतिक कार्यक्रमले संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले धर्म संस्कृति र रीति परम्परा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै नेवारी समुदायको परम्परा र संस्कृतिलाई जीवन्त राख्न कार्यक्रमले सहयोग पु¥याउने धारणा राख्नुभयो ।

कार्यक्रममा सैनामैना–४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले नेवारी समुदायको लाखे नाचले संस्कृति संरक्षणमा विशेष सहयोग पुगेको बताउँदै खासगरी युवा पुस्ताले पुराना संस्कृति र परम्परालाई जीवन्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेवाः पुचका सैनामैना पर्रोहाका अध्यक्ष देवी प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम बाबुराम श्रेष्ठको स्वागत तथा लक्ष्मी श्रेष्ठ र खिम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय