LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, साउन २७ ।

सैनामैना नगरपालिका वडा नम्बर ६ शिवालय टोल विकास संस्थामा मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेकपा एमालेलाई पराजित गरि संयुक्त गठबन्धनबाट माओवादी क्रान्तिकारीकी लक्ष्मी न्यौपाने विजयी हुनुभएको छ ।

निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिष्पर्धामा उत्रिएको थियो भने नेपाली कांग्रेस, नेकपा माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी क्रान्तिकारीले संयुक्त गठबन्धन गरेका थिए ।

निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी क्रान्तिकारीकी लक्ष्मी न्यौपानेले ९२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभयो भने नेकपा एमाले समर्थित सुरेश लम्सालले ८६ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

कुल १८१ मत खसेको भएतापनि ३ मत बदर भएको थियो । अरु पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सन्तोष परियारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय