LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सामुदायिक रेडियो सैनामैना ९१ मेघाहर्जले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग पु¥याउने उद्देश्यले बृहद तीज उत्सव २०८२ आयोजना गर्ने भएको छ ।

रेडियोले आईतबार कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष कमला न्यौपानेले भदौ १० गते कलौनीमा हुने तीज उत्सवमा लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय अध्यक्ष रिता थापा मगर सहितका राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायिका सपना गाहा र कुसुम परियार, लोक कलाकार कल्पना कुसुम र लोक तथा दोहोरी गायक मिलन बिसी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती हुने बताउनु भयो ।

उहाँले कलाकारहरु राष्ट्रका गहना भएको बताउँदै तीजकै दिन अनाथ बालबालिकालाई सहयोग पु¥याउने मूल उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो सैनामैना ९१ मेघाहर्ज संचालक समिति सचिव सुशीला शर्मा र रेडियोका स्टेशन म्यानेजर अनिल पहाडीले समेत तीज गीत कार्यक्रम आयोजना गर्नुको उद्देश्यको बिषयमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय