LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

बुटवल । रुपन्देही उद्योग संघले आगामी पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गर्ने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी यसको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेशको उद्योग तथा व्यापार प्रवद्र्धन र सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको प्रदर्शनी मूल समिति संयोजक तथा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । ‘संघको पहलमा वि.सं.२०४५ सालदेखि थालनी गरेको प्रदर्शनीको अभियानले पछिल्ला दिनहरुका नयां रुप धारण गर्दै आएको छ ।’ अध्यक्ष पराजुलीले भने ।

बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनी पुस १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटीलगायतका करिव ५०० स्टल राखिने छ । प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जजना, गोष्ठी र अन्तक्र्रिया पनि पनि सञ्चालन हुनेछन् ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन् । निर्माणाधीन आधुनिक प्रदर्शनी स्थलमा आधुनिक स्तरकै स्टल निर्माण गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । प्रदर्शनी औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय