LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजनामा तेश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सैनामैनामा हुने भएको छ ।
सैनामैनाको मुर्गियामा रहेको सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलमा आयोजना हुने गोष्ठीको आतिथ्यता सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलले गरेको हो । गोष्ठीको उदघाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर मगरले यही मंसिर १९ गते गर्ने मंगलवार सैनामैनामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल रेडक्रस सोसाईटीका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीले दुई दिने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट युवा रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षकहरु गरि करिव एकसय जनाको सहभागिता हुने बताउनुभयो ।
उहाँले गोष्ठीको पूर्व सन्ध्यामा विहिवार साँझ साहित्यीक कार्यक्रम आयोजना हुने बताउनु भयो । गोष्ठी उदघाटनको अवसरमा प्रभातफेरी समेत गरिने भएको छ ।


पत्रकार सम्मेलनमा सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलका प्रिन्सिपल तिलब केसीले दुई दिने गोष्ठीबाट युवा विद्यार्थी भाई बहिनीहरुले रेडक्रसको भूमिका, विद्यार्थीहरुको रेडक्रसको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामाजिक उत्तरदायित्व लगायत विभिन्न बिषयमा हुने छलफलबाट लाभ लिने बताउनुभयो ।
प्रदेशस्तरीय गोष्ठीले सैनामैना घोषणापत्र जारी गर्ने बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका मन्त्री दिनेश पन्थी, गौतमबुद्ध प्रेस क्लबका अध्यक्ष नविन घिमिरे, सिद्धार्थ एकेडेमीका प्रिन्सिपल भोजराज पौडेल लगायतले बोल्दै सैनामैनामा आयोजना हुने गोष्ठी सैनामैनाको लागि महत्व र चासोको विषय भएको बताउँदै गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय