LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

प्रभात भूतपूर्ब विद्यार्थी संगठनको आयोजनामा बुधबार क्युबेसिक सम्वन्धी हाजिरी जवाफ प्रतियोगिता सैनामैनाको मुर्गियामा रहेको प्रभात इङलिश बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सैनामैनामा सामुदायिक तथा संस्थागत गरि १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटनमा बल पु¥याउने बताउनु भयो ।

उहाँले सूचना प्रविधिको प्रयोगले विश्व धेरै अघि बढेको सन्दर्भमा अब विद्यालय तहबाटै विद्यार्थीहरुमा यस सम्वन्धि ज्ञान प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एल्मुनियाई एशोसिएसनको मूल उद्देश्य आफुभन्दा पछाडीको पिढीलाई सही मार्ग देखाउने रहेको बताउँदै आयोजित यो प्रतियोगिताले पनि त्यसको पुष्टी गरेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी प्रभात इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल अनन्तराम शर्माले प्रभात भूपू विद्यार्थी संंगठनले आयोजना गरेको क्युबेसिक सम्वन्धि प्रतियोगिताले विद्यार्थीहरुमा अझै प्रतिष्पर्धी भएर अघि बढ्न हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।


प्रतियोगितामा सुनगाभा पब्लिक सेकेण्डरी स्कुल प्रथम, रामापुर सेकेण्डरी स्कुल दोश्रो र सैनामैना मोडेल सेकेण्डरी स्कुल तेश्रो भएका छन । प्रथम हुने सुनगाभा पब्लिक सेकेण्डरी स्कुलले नगद १० हजार पुरस्कार पाउन सफल भएको छ । त्यसैगरी दोश्रो हुने सेकेण्डरी स्कुलले ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने तेश्रो सैनामैना मोडेल सेकेण्डरी स्कुलले तीन हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रथम, दोश्रो र तृतीय पुरस्कारको सौजन्य क्रमशः हरिप्रसाद घिमिरे, शंकर खरेल र मधु अर्यालले गर्नुभएको थियो ।

प्रभात भूतपूर्ब विद्यार्थी संगठनका अध्यक्ष शंकर खरेलको अध्यक्षतामा भएको कार्यक्रममा साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी लगायत प्रभात भूपू विद्यार्थी समाजमा आवद्ध पूर्व विद्यार्थी एवं विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय