LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

प्रभात भूतपूर्ब विद्यार्थी संगठनको आयोजनामा बुधबार क्युबेसिक सम्वन्धी हाजिरी जवाफ प्रतियोगिता सैनामैनाको मुर्गियामा रहेको प्रभात इङलिश बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

प्रतियोगितामा सैनामैनामा सामुदायिक तथा संस्थागत गरि १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटनमा बल पु¥याउने बताउनु भयो ।

उहाँले सूचना प्रविधिको प्रयोगले विश्व धेरै अघि बढेको सन्दर्भमा अब विद्यालय तहबाटै विद्यार्थीहरुमा यस सम्वन्धि ज्ञान प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एल्मुनियाई एशोसिएसनको मूल उद्देश्य आफुभन्दा पछाडीको पिढीलाई सही मार्ग देखाउने रहेको बताउँदै आयोजित यो प्रतियोगिताले पनि त्यसको पुष्टी गरेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी प्रभात इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल अनन्तराम शर्माले प्रभात भूपू विद्यार्थी संंगठनले आयोजना गरेको क्युबेसिक सम्वन्धि प्रतियोगिताले विद्यार्थीहरुमा अझै प्रतिष्पर्धी भएर अघि बढ्न हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।


प्रतियोगितामा सुनगाभा पब्लिक सेकेण्डरी स्कुल प्रथम, रामापुर सेकेण्डरी स्कुल दोश्रो र सैनामैना मोडेल सेकेण्डरी स्कुल तेश्रो भएका छन । प्रथम हुने सुनगाभा पब्लिक सेकेण्डरी स्कुलले नगद १० हजार पुरस्कार पाउन सफल भएको छ । त्यसैगरी दोश्रो हुने सेकेण्डरी स्कुलले ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने तेश्रो सैनामैना मोडेल सेकेण्डरी स्कुलले तीन हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रथम, दोश्रो र तृतीय पुरस्कारको सौजन्य क्रमशः हरिप्रसाद घिमिरे, शंकर खरेल र मधु अर्यालले गर्नुभएको थियो ।

प्रभात भूतपूर्ब विद्यार्थी संगठनका अध्यक्ष शंकर खरेलको अध्यक्षतामा भएको कार्यक्रममा साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी लगायत प्रभात भूपू विद्यार्थी समाजमा आवद्ध पूर्व विद्यार्थी एवं विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय