LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

लुम्बिनी प्रदेशका पूर्व सभासद तथा नेपाली कांग्रेस रुपन्देही ५ का प्रचार प्रसार संयोजक फकरुद्दीन खानले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा अव देशलाई विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेसका उमेदवारलाई बिजयी बनाउनु पर्ने बताउनुभयो । उहाँले भरतकुमार शाहमाथि कसैले पनि भ्रष्टाचार र कुशासनको प्रश्न उठाउन नसक्ने भन्दै उहाँ धेरै अनुभवी र परिपक्व नेताको रुपमा स्थापित हुनु भएकोले उहाँको उमेदवारीले उर्जा थपिएको उल्लेख गर्नुभयो ।


जेन्जीले उठाएका मुद्धाहरु मात्र गगन थापाको नेतृत्वको सरकारले पुरा गर्ने भन्दै सो सरकार निमार्ण गर्नको लागि रुपन्देही क्षेत्र नं. ५ बाट भरतकुमार शाहलाई निवार्चित गर्नुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको सैनामैना नगरपालिका स्तरिय भेलाले क्षेत्र नंं ५ का क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ भने नारायणप्रसाद पन्थको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । कार्यक्रमको संचालन नगर सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय