प्रदिप ज्ञवाली
सैनामैना
सैनामैना ७ देबिटोलमा अवस्थित श्री दुर्गा पञ्चायन मन्दिर तथा त्रिपुरेश्वर धाममा २६ गते सोमबार प्राण प्रतिष्ठा पुजा कार्य सम्पन्न भएको छ । गणेश भगवानको मूर्ति प्राण प्रतिष्ठा, यज्ञ मण्डप उद्घाटन शिव ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठा, श्री दुर्गा भवानी पुजन, श्री नन्दी प्रधान प्राण प्रतिष्ठा १०८ शिवलिङ्ग १०८ कर्ताबाट प्राण प्रतिष्ठा विभिन्न झाक्री पन्चेबाजा भजनकीर्तन सहित कलश यात्रा शिवलिङ्ग तथा मूर्तिहरुको नगर परिक्रमा कार्यक्रम गरिएको सचिव यदुलाल ज्ञवालीले जानकारी दिनुभयो ।
देउवापार चोकमा रहेको दुर्गामन्दिर परिसरमा पन्चायन धाम निर्माण गरिएको हो । कलात्मक ढङ्गबाट निर्माण गरिएको उक्त मन्दिर आकर्षक रहेको छ।
प्राण प्रतिष्ठा कार्यक्रममा सैनमैनाका विभिन्न वडा र टोलबाट भजन समूह, आमा समूह टोल विकास संस्था एवं स्थानीय भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।

मन्दिरमा स्थापना गर्न ल्याइएको शिवलिङ्ग र मूर्तिहरूलाई नगर परिक्रमा गराईएको थियो।
यस क्षेत्रको धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकास गर्नका लागि मन्त्रीको स्थापना गरीएको समितिले जनाएको छ।



स्थानीय व्यापारी समाजसेवी एवं चन्दादाताबाट सानो सानो रकम सङ्कलन गरी मन्दिर र अन्य संरचना निर्माण गरिएको र अझ धेरै काम बाँकी रहेको मन्दिर सचिवालयले जानकारी गराएको छ।
पुजा कार्यमा आसन्न निर्वाचनका रुपन्देही ५ का प्रत्यासी एमालेका खिमलाल भट्टराई, नेपाली काङ्ग्रेसका भरतकुमार शाह , नेपाली कम्युनिष्ट पार्टीका वकिल मुसलमान लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
मन्दिरले देउवापार क्षेत्रको धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको सम्भावना बढाउने विश्वास लिएको छ।




