LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन नतिजामा सैनामैना नगरपालिका रुपन्देही जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये सैनामैना नगरपालिका ७३.१ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। प्रारम्भमा माघ २९ गते प्रकाशित नतिजाप्रति असन्तुष्टि जनाउँदै नगरपालिकाले पुनर्मूल्यांकनको माग गरेको थियो। सोही अनुरोधपछि पुनः सार्वजनिक गरिएको नतिजामा सैनामैनाले उत्कृष्ट स्थान हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिनुभयो।

आयोगले स्थानीय तहहरूको मूल्यांकन १७ वटा सूचकका आधारमा गरेको थियो। जसमा समयमै बजेट सार्वजनिक तथा पारित गरेको/नगरेको, राजस्व व्यवस्थापन, प्रदेश सरकारलाई बुझाउनुपर्ने रकम नियमित दाखिला गरेको/नगरेको, बजेट समीक्षा, तथा आगामी आर्थिक वर्षको प्रक्षेपण पेश गरेको/नगरेको जस्ता पक्ष समेटिएका छन्।

यसैगरी बजेट खर्चको अवस्था, राजस्व परिचालन, बेरुजु व्यवस्थापन, सूत्र सफ्टवेयरको प्रयोग, विद्यालय भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई नतिजा तथा खोप लगाएका बालबालिकाको प्रतिशतसमेत मूल्यांकनका प्रमुख आधार बनेका छन्।

समग्र सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सैनामैना नगरपालिका जिल्लामै नमूना स्थानीय तहका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय