LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, जेठ १० ।

रुपन्देहीको तिलोत्तमा मा सम्पन्न दोस्रो जिल्लास्तरीय ‘तिलोत्तमा श्री शारीरिक सुगठन प्रतियोगिता–२०८३’ अन्तर्गत मेन फिजिक्स विधामा सैनामैनाका विज्ञान थापाले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट सफलता हात पारेका छन् ।

प्रतियोगितामा आकर्षक प्रस्तुति र उत्कृष्ट फिटनेस प्रदर्शन गर्दै विज्ञान थापाले प्रथम स्थानसहित नगद रु २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन् । सैनामैनाका युवा खेलाडी थापाको यस सफलताले स्थानीय खेलप्रेमी तथा युवाहरूमा उत्साह थपिएको छ ।

एम बि फिटनेश तिलोत्तमा–१ द्वारा आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाभरका करिब ५० जना खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न तौल समूहका साथै मेन फिजिक्स विधामा समेत प्रतिस्पर्धा भएको थियो ।

मेन फिजिक्सतर्फ रेशम राना दोस्रो तथा रोहिल सारु तेस्रो भएका थिए । तर प्रतियोगिताभर विज्ञान थापाको आत्मविश्वासपूर्ण प्रस्तुति, आकर्षक फिजिक्स र अनुशासित प्रदर्शनले दर्शक तथा निर्णायकको विशेष ध्यान खिच्न सफल भएको थियो ।

शारीरिक सुगठन क्षेत्रमा निरन्तर मेहनत गर्दै आएका विज्ञान थापाको उपलब्धिलाई सैनामैनाको गौरवका रूपमा समेत हेरिएको छ । स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडी उत्पादन गर्ने सम्भावना बढ्दै गएको भन्दै खेलप्रेमीहरूले खुसी व्यक्त गरेका छन् ।

प्रतियोगितामा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुन, अन्तर्राष्ट्रियस्तरका शारीरिक सुगठन खेलाडीहरू तथा विभिन्न फिटनेस क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय