LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

सैनामैना, जेठ १० ।

रुपन्देहीको तिलोत्तमा मा सम्पन्न दोस्रो जिल्लास्तरीय ‘तिलोत्तमा श्री शारीरिक सुगठन प्रतियोगिता–२०८३’ अन्तर्गत मेन फिजिक्स विधामा सैनामैनाका विज्ञान थापाले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट सफलता हात पारेका छन् ।

प्रतियोगितामा आकर्षक प्रस्तुति र उत्कृष्ट फिटनेस प्रदर्शन गर्दै विज्ञान थापाले प्रथम स्थानसहित नगद रु २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन् । सैनामैनाका युवा खेलाडी थापाको यस सफलताले स्थानीय खेलप्रेमी तथा युवाहरूमा उत्साह थपिएको छ ।

एम बि फिटनेश तिलोत्तमा–१ द्वारा आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाभरका करिब ५० जना खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न तौल समूहका साथै मेन फिजिक्स विधामा समेत प्रतिस्पर्धा भएको थियो ।

मेन फिजिक्सतर्फ रेशम राना दोस्रो तथा रोहिल सारु तेस्रो भएका थिए । तर प्रतियोगिताभर विज्ञान थापाको आत्मविश्वासपूर्ण प्रस्तुति, आकर्षक फिजिक्स र अनुशासित प्रदर्शनले दर्शक तथा निर्णायकको विशेष ध्यान खिच्न सफल भएको थियो ।

शारीरिक सुगठन क्षेत्रमा निरन्तर मेहनत गर्दै आएका विज्ञान थापाको उपलब्धिलाई सैनामैनाको गौरवका रूपमा समेत हेरिएको छ । स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडी उत्पादन गर्ने सम्भावना बढ्दै गएको भन्दै खेलप्रेमीहरूले खुसी व्यक्त गरेका छन् ।

प्रतियोगितामा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुन, अन्तर्राष्ट्रियस्तरका शारीरिक सुगठन खेलाडीहरू तथा विभिन्न फिटनेस क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय