LIVE
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने | पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक |

दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहिबार बसेको १२५ औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ ।

यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन । २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो । तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक आगामी फागुन १ देखि ७ चैतका लागि स¥यो ।

आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन ।त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय