LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको सैनामैना नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको भदौ १५ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो भने बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको सेवा–सुविधाबाट कट्टा गरी संकलन गरिने जनाएको छ ।
नगरपालिकाका अनुसार माध्यमिक प्रथम श्रेणीका शिक्षकबाट १० दिन, अधिकृतस्तरका कर्मचारी तथा सो सरहका शिक्षकबाट ७ दिन, सहायकस्तरका कर्मचारी तथा निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकबाट ५ दिन र निजी स्रोतका शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताबाट २ दिन बराबरको तलब कट्टा गरिनेछ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ । साथै, विपद्को अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले भदौ महिनाभर सैनामैना क्षेत्रमा मेला, उत्सव, जात्रा तथा मनोरञ्जनात्मक र भड्किला कार्यक्रम नगर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय