LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

२७ भदौ २०८३, शनिबार

लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा अझै अन्योल देखिएको छ।

आदेश आएको एक वर्ष बितिसक्दा पनि उद्योग स्थानान्तरणका लागि वैकल्पिक औद्योगिक क्षेत्र, जग्गा व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक व्यवस्थापनबारे सरकारले स्पष्ट योजना बनाउन सकेको छैन।

भैरहवा–लुम्बिनी कोरिडोरमा करिब ५० ठूला उद्योग सञ्चालनमा छन्। सिमेन्ट, स्टिल, इँटा, कागज, तेल, स्पिनिङ, प्लाइबोर्ड तथा खाद्य उद्योगमा करिब ६० देखि ७० अर्ब रुपैयाँ लगानी रहेको उद्योगीहरूको दाबी छ। यी उद्योगमा प्रत्यक्ष रूपमा करिब १० हजार जनाले रोजगारी पाएका छन्।

उद्योगीहरूले लुम्बिनीको संरक्षण र प्रदूषण नियन्त्रणको पक्षमा आफूहरू रहेको बताउँदै वैकल्पिक जग्गा र क्षतिपूर्तिको व्यवस्था नगरी उद्योग स्थानान्तरण गर्न कठिन हुने बताएका छन्।

उद्योगीहरूका अनुसार प्रदूषण गर्ने उद्योगलाई उद्योगअनुसार स्पष्ट वातावरणीय मापदण्ड तोकी सुधारका लागि समय दिनुपर्ने आवश्यकता छ। सरकारले व्यावहारिक विकल्पसहित स्पष्ट योजना नल्याएसम्म सर्वोच्चको आदेश कार्यान्वयनमा थप चुनौती देखिने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय