LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, भदौ २७ 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले भदौ २६ गतेको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
जस अनुसार सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाग्लुङको ढोरपाटन नगरपालिकाबाट चिरञ्जीवी घिमिरे आउनु हुने भएको छ ।
त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय तथा मातहत कार्यालयमा सरुवा भएको छ ।
तिलोत्तमामा अव बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडलेको सरुवा भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट ताराबहादुर कुँवरको सरुवा भएको छ ।
त्यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ । ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीको जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीमा सरुवा भएको छ । रुपन्देहीकै मायादेवी गाउँपालिकामा पाल्पाको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको सरुवा भएको छ ।
शुद्धोधन गाउँपालिकामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सुरेश भण्डारीको सरुवा भएको छ ।
गैडहवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रतापपुर गाउँपालिका पश्चिम नवलपरासीबाट अनिता बिक थारुको सरुवा भएको छ ।
त्यसैगरी ओमसतिया गाउँपालिकामा पाणिनी गाउँपालिका अर्घाखाँचीबाट हुमलाल भुसालको सरुवा भएको छ । सम्मरीमाई गाउँपालिकामा मायादेवी गाउँपालिका कपिलवस्तुबाट नरेन्द्र यादव प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउँदै हुनुहुन्छ ।
यसअघि नै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको माडी नगरपालिका चितवनमा सरुवा भएको थियो भने कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रसुवामा सुरुवा भैसकेको छ ।
सरुवामा स्थानीय तहबाट संघीय निकायमा फर्काइएका प्रमुख प्रशासकीय अधिकृतदेखि विभिन्न संघीय कार्यालयमा कार्यरत अधिकृतलाई स्थानीय तहमा कामकाजमा खटाइएका रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय