LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

११ असोज,

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति घरबाट पक्राउ गरीएको छ । नेपालको इतिहासमा पूर्वप्रधानन्यायाधीश समातिएको यो पहिलो घटना समेत हो । तर देशको कानुन कार्यान्वयन गराउने संस्थाकै प्रमुख रहिसकेका यति हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कुनै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा प्रतिक्रिया आएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’पछि कार्यालयमा ल्याएर राखिएको जानकारी दिएका छन । अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

रातारात जबरालाई पक्राउ किन गरियो भन्ने प्रश्नमा एसएसपी खड्काले भनेका छन्, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’ प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । शनिबार मध्यराति भएको यो घटनाले फेरि सरकारी कामकारबाहीमाथि प्रश्न उठेको छ ।

चोलेन्द्र शमशेर प्रधानन्यायाधीश हुँदादेखिकै विवादित पात्र हुन् । अहिले पदभन्दा बाहिर रहेका बेलामा पनि उनले शक्तिको चलखेल गरेका गाइँगुइँ चलिरहेकै छन् । न्यायालयमा आफ्नो विरासतको फाइदा उठाउँदै उनले त्यहाँ आफ्नो प्रभाव विस्तार गर्दै आएको कुरा न्यायालयलाई नजिकबाट बुझ्नेहरूका लागि नौलो विषय रहेन ।

तर उनलाई जुन तरिकाले मध्यराति पक्राउ गरियो त्यसले कानुनी शासनको प्रक्रियामाथि प्रश्न उठेको छ । मुलुकको पूर्वप्रधानन्यायाधीश अनि हाल अवकाश जीवन बिताइरहेका एक नागरिक समात्न जुन कारण दिन प्रहरीले सक्नुपर्ने हो, त्यो यतिन्जेलसम्म दिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय