LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

डि यन के खनाल
सैनामैना – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।

यसअघि हिजो बुधवार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदो सोमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय