LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय बीच विवाद उत्पन्न भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसालले बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ ।

मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधबार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मँगलबार नै भुसाल काठमाण्डौं हानिएका छन् । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार मँगलबार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरि आफ्ना कार्यकर्तालाई वितरण गर्ने दबाब दिएका थिए । उक्त प्रस्तावमा असहमती जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए । स्रोतका अनुसार उक्त अडानपछि मेयर पाण्डेले प्रमुख प्रशासकीय भुसाललाई “तपाईले मलाई असहयोग गर्ने, त्यसो भए तपाईं भर्खरै जानुस्” भनेर भनेका थिए । मेयरको उक्त ठाडो आदेशसँगै भुसालले आफू एक मिनेट पनि नबस्ने भनी भुसाल कार्यलयबाट निस्किएका थिए ।

यद्यपि प्रमुख प्रशासकीय भुसालले भने मेयर पाण्डेयसँगको सहमतीमै बुटवलबाट फिर्ता जाने निर्णय गरेको बताए । “सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्, त्यसैले पनि हामी सहमतीमै त्यो निर्णयमा पुगेका हौं ।सबैको काम गर्ने तरिका फरक हुने बताउँदै उनले यसलाई ठूलो रुप नदिन आग्रह गरे ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा हाजिर हुन आएका थिए । यति छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरु बीच विवाद रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय