LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

दिनेश खनाल सैनामैना । अष्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट २०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४६।५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । निश्चित हारको सङ्घारमा रहेको अष्ट्रेलियाले यो जित निकालेको हो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अष्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।

उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अष्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अष्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अष्ट्रेलियाको आठ खेलबाट १२ अङ्क भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय