LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

एक ब्यक्ति एका तिर र सवै राजनितिक दल अर्कोतिर बाजी कस्ले मार्ला: स्वतन्त्र उम्मेद्वार कि नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीको संयुक्त उम्मेदवार

सैनामैना मुर्गिया रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा हाल उक्त क्याम्पसको सञ्चालक समिति अध्यक्ष रहेका खुशिराम चौधरी पुन अध्यक्षमा उठ्ने भएपछी उनकै विरुद्धमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शिक्षा प्राप्त गर्ने पवित्र ठाउँलाई यहाँका विभिन्न पार्टिका नेताहरुले राजनितीको अखडा बनाएको भन्दै थापाले उम्मेद्वारी दर्ता गराएको बताए । पर्रौहा क्याम्पसलाई नमुना क्याम्पस बनाउन सक्ने भिजन आफुमा भएको थापाको भनाई छ ।

स्वतन्त्र उम्मेदवार दर्ता गराएका थापाका विरुद्धमा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । गठवन्धनबाट एमाले नेता चौधरी पुन अध्यक्षमा दोहोरीने भएका हुन् । थापा भन्दा चौधरी बलिया उम्मेदवारका रुपमा देखिन्छन् तर यस भन्दा पहिला अध्यक्ष भइरहदा क्याम्पस जुन गतिमा अगाढी वढ्नु पर्ने हो, शैक्षिक सुधार हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै थापा अध्यक्ष वन्न सक्ने जानकारहरु वताउछन् ।

क्याम्पसमा राजनिती गरेर पद लिने अनि काम नगर्ने, अरु आउन पनि नदिने प्रवृती बढेको र आफुले जितेको खण्डमा काम गरेर देखाउने भन्दै भोट गरेर जिताउन थापाले आग्रह गरेका छन् । मैदानमा मेरो उपस्थिति अवलोकनका लागि मात्र नभई जितका लागि रहेको र जित सँगसँगै क्याम्पसको सबै क्षेत्रको समग्र विकासमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल, परामर्श र बहस सँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सँगै विद्यार्थीहरूलाई रोजगारीका विषयमा पनि यस क्षेत्रका ठूला संस्था, कम्पनी वा व्यवसायीहरू सँग पनि सहकार्य गर्ने कुरा अध्यक्षका उम्मेदवार थापाले बताउनुभयो ।

पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको यहि फागुन २८ गते निर्वाचन हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय