LIVE
ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै | फिटनेस टाइम क्लासिक शारीरिक सुगठनको उपाधि विज्ञान थापालाई |

एक ब्यक्ति एका तिर र सवै राजनितिक दल अर्कोतिर बाजी कस्ले मार्ला: स्वतन्त्र उम्मेद्वार कि नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीको संयुक्त उम्मेदवार

सैनामैना मुर्गिया रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा हाल उक्त क्याम्पसको सञ्चालक समिति अध्यक्ष रहेका खुशिराम चौधरी पुन अध्यक्षमा उठ्ने भएपछी उनकै विरुद्धमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शिक्षा प्राप्त गर्ने पवित्र ठाउँलाई यहाँका विभिन्न पार्टिका नेताहरुले राजनितीको अखडा बनाएको भन्दै थापाले उम्मेद्वारी दर्ता गराएको बताए । पर्रौहा क्याम्पसलाई नमुना क्याम्पस बनाउन सक्ने भिजन आफुमा भएको थापाको भनाई छ ।

स्वतन्त्र उम्मेदवार दर्ता गराएका थापाका विरुद्धमा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । गठवन्धनबाट एमाले नेता चौधरी पुन अध्यक्षमा दोहोरीने भएका हुन् । थापा भन्दा चौधरी बलिया उम्मेदवारका रुपमा देखिन्छन् तर यस भन्दा पहिला अध्यक्ष भइरहदा क्याम्पस जुन गतिमा अगाढी वढ्नु पर्ने हो, शैक्षिक सुधार हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै थापा अध्यक्ष वन्न सक्ने जानकारहरु वताउछन् ।

क्याम्पसमा राजनिती गरेर पद लिने अनि काम नगर्ने, अरु आउन पनि नदिने प्रवृती बढेको र आफुले जितेको खण्डमा काम गरेर देखाउने भन्दै भोट गरेर जिताउन थापाले आग्रह गरेका छन् । मैदानमा मेरो उपस्थिति अवलोकनका लागि मात्र नभई जितका लागि रहेको र जित सँगसँगै क्याम्पसको सबै क्षेत्रको समग्र विकासमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल, परामर्श र बहस सँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सँगै विद्यार्थीहरूलाई रोजगारीका विषयमा पनि यस क्षेत्रका ठूला संस्था, कम्पनी वा व्यवसायीहरू सँग पनि सहकार्य गर्ने कुरा अध्यक्षका उम्मेदवार थापाले बताउनुभयो ।

पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको यहि फागुन २८ गते निर्वाचन हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय