LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा रहेको मुक्तिनाथ धामप्रति दर्शनार्थी भक्तजनहरुको आस्था र विश्वास बढ्दै गएको छ । त्यसैपनि हरेक दिन यहाँ विभिन्न स्थानबाट दर्शनार्थीहरु मुक्तिनाथ धाम भगवानको दर्शन गर्न आउने गरेका छन । मुक्तिनाथ भगवानसंगै अरु देवी देवताको दर्शन पनि हुने भएकोले मुक्तिनाथ धाममा धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको छ ।
धामका प्रमु्ख संरक्षक १००८ ब्रम्हनिष्ठ स्वामी लोकानन्द महाराजले मुक्तिनाथ धामको दर्शन गर्नाले भक्तजनले राखेका मनोकामना पूरा हुने बताउनु भयो । उहाँले प्रत्येक सोमबार र शनिवार भगवानको दिब्य श्रृंगार आरतीगर्ने गरिएको बताउँदै यस पबित्र काममा स्थानीय आमा समूह, दर्शनार्थी र भक्तजनले समेत सघाउ पु¥याउने गरेको र धामको महिमा अझै बढ्दै गएको बताउनुभयो ।

मुक्तिनाथ धाममा समेत यो बर्ष साउन ६ गते गुरु पूर्णिमादेखि भदौ ३ गते जनैपूर्णिमासम्म एक महिने श्रावणी मेलाको आयोजना गरिएको छ ।
अहिले साउन महिना भएकोले पनि यस क्षेत्रमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । मुक्तिनाथ धाम भगवानको दर्शनमात्रै गर्नाले पनि मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय