LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

२० असोज  सैनामैना
रुपन्देहीको कञ्चनम जारी आठौं चाँदनी कप नकआउट फुटवल प्रतियोगिता २०८१ को पाचौं दिनको खेलमा विश्वशान्ती युवा क्लव, सैनामैना १० सालझण्डी सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ। विश्वशान्तीले चाँदनी युवा क्लवलाई ३–०गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफ गोल रहित भएको आजको खेलमा दोश्रो हाफ पछि विश्वशान्तीका लागि सूरज थारु, विज्ञान गुरुङ्ग र अभिषेक महतोले गोल गरेका थिए। दोश्रो हापछिको करिब ३५ औं मिनेटसम्म पनि गोलरहित बराबरीमा निकै प्रतिस्पर्धात्मक खेलका वावजुद पनि विश्वशान्तीका सूरज थारुले दोस्रो हाफको अन्तिम दस मिनेट बांकी छँदा गोल गरेपछि विश्वशान्तीलाई बिज्ञान गुरुङ र अभिषेक महतो लगातार थप १–१ गोल गरेर ३–० गोल अन्तरले चाँदनीलाई निराशाजनक पराजित गरेको हो । आजको खेलमा विश्वशान्तिका अभिषेक महतो म्यान अफ दि म्याच घोषित भएका छन।
रुपन्देही, नवलपरासी र कपिलवस्तुका १२ फुटवल टिमहरुले सहभागिता जनाएको चाँदनी कपको आठौं संस्करणका विजेता टिमले १ लाख ५० हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै उपविजेता टिमले ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन।
यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने डिफेण्डर,मिड फिल्डर, गोल रक्षक, सर्वाधिक गोलकर्ताले जनही ५००० हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने छन। नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा संचालित फुटबल प्रतियोगिता २४ गतेसम्म संचालन हुनेछ।
भोली पहिलो सेमिफाइनल खेल अन्तर्गत बुद्ध सेभेन स्टार क्लब, सैनामैना ११ कान्छिटोल र फर्साटिकर युवा क्लब रुपन्देही बिच दिउँस ३ः०० बजे हुने चाँदनी युवा क्लवका खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय