LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिकाले अनुगमनमा कडाई गरेपछि यहाँका मासु ब्यवसायी आन्दोलित भएका छन । उपमहानगरपालिकाले मासु पसलको अनुगमनमा कडाई गरेपछि ब्यवसायीले आन्दोलन पनि चर्काएका हुन । आईतबार बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै उनिहरुले अनुगमन प्रति भद्रअबज्ञा आन्दोलन गर्ने जनाएका छन ।
उपमहानगरपालिकाले अनिवार्य बधशालामा बध गरिएको खसी–बोकाको मासु मात्र विक्रि वितरण गर्ने नियम ब्यवसायीलाई लगाएपछि मासु ब्यवसायी आन्दोलित भएका हुन । अनुगमनका क्रममा ब्यवसायीले बाख्रीको मासुलाई खसी बोकाको भनेर विक्रि गरेको भेटिएपछि उपमहानगरपालिकाले अनुगमनलाई कडाई गर्दै बधशालामा बध गरिएको मासु प्रयोगमा जोड दिएको हो ।
ब्यवसायीले भने भद्रअबज्ञा आन्दोलन गर्दै मासु पसल सञ्चालनमा ल्याउने र अनुगमनमा कडाई गरे प्रतिकार गर्ने चेतावनी दिएका छन । मासु ब्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष बिशाल थापाले बुटवल उपमहानगरपालिकाको अनुगमनको भद्रअबज्ञा आन्दोलन सुरु गरिएको बताउनु भयो । उहाँले बुटवलका मेयर र उपमेयरलाई पूर्व राजा ज्ञानेन्द्र नबन्न सुझाव समेत दिनुभयो ।

सोमबारदेखि बुटवलमा निर्बाध रुपमा ब्यवसायीले मासु पसल सञ्चालनमा ल्याउने र अनुगमन प्रति भद्रअबज्ञा आन्दोलन सुरु गरिएको उहाँले बताउनु भयो । आफुहरु बाँच्नको लागि उपमहानगरपालिकाले बनाएको नीति नियमको आफुहरुले अबज्ञा गर्दै ब्यवसायीलाई अगाडी बढाउने थापाले बताउनु भयो । उहाँले उपमहानगरपालिकाको चरम दमनप्रति आन्दोलित हुन बाध्य भएको बताउनु भयो ।
निजी , सामुदायिक र सरकारी मोडलबाट बुटवलको बधशाला सञ्चालनको लागि स्थापना भएको र कुनै निजी कम्पनीबाट सञ्चालन गरेर ब्यवसायीलाई मर्कामा पार्ने काम भएको थापाले बताउनु भयो । मासु व्यवसायीहरुले बधशालामा बध गरिएको मासु नबेच्ने घोषणा समेत गरेका छन । यस्तै ब्यवसायीको धर्नामा नेकपा एमालेका रुपन्देही सचिवालय सदस्य राजेन्द्र ढकालले ‘फोर पी’ मोडलमा बधशाला चलाउनुपर्छ भन्ने एजेण्डा एमालेको भएकाले व्यवसायीको आन्दोलन एमालेको पनि साथ रहेको बताउनु भयो ।
उहाँले व्यवसायी र किसानसंगको सम्झौता लत्याएर टेण्डरको नाममा निजी कम्पनीलाई जिम्मा दिएको कुरा एमालेलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । यस्तै मासु ब्यवसायीको आन्दोलनमा नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय