बुटवल उपमहानगरपालिकाले मासु पसलको अनुगनमनमा कडाई गरेपछि यहाँका मासु ब्यवसायी यति बेला आन्दोलित भएका छन । उपमहानगरपालिकाले बधशालामा मात्र बध गरेको खसीबाकाको मासु बेच्नको लागि ब्यवसायीलाई कडाई गरेको छ ।
तर मासु ब्यवसायी संघले भने बधशाला मासु नबेच्नेको लागि ह्विप नै जारी गरेको छ । उपमहानगरपालिकाको कडाई र मासु ब्यवसायी संघको ह्विपका कारण बुटवलमा दशैंको बेला खसी बोकाको मासु पाउनै मुस्किल परेको छ । बुटवल उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिँदै कारबाही प्रक्रिया सुरु गरेपछि ब्यवसायीले मासु पसलनै बन्द गरेर आन्दोलित बनेको छन ।



मासु ब्यवसायी संघ रुपन्देहीले बधशालामा बध गरेको मासु नबेच्नको लागि ब्यवसायीलाई ह्विप नै जारी गरेको छ । अहिले मासु पसल खुल्ला भएपनि खसी बोकाको मासु पाउन बुटवलमा निकै मुस्किल छ ।
बुटवल उपमहानगरपालिकाले रामनगरमा आधुनिक बधशाला सञ्चालन गरेपछि यो विबाद सुरु भएको हो । बधशालामा बध गरेको मासुको प्रयोगमा किन उपमहानगरपालिकाले जोड दिएको छ भन्ने प्रश्नमा बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झबिन्द्र बञ्जाडेले बधशालामा बध गरिएको मासु स्वच्छ र राम्रो हुने बताउनु भयो ।
उता गत असोज १० गतेदेखि २२ गतेसम्म उपमहानगरपालिकाले निरन्तरत मासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपमहानगपालिकाले ३ वटा मासु पसलबाट ३० किलो बाख्रीको मासु जफत गरी नष्ट गरेको छ । ७१ वटा मासु पसललाई १० हजार जरिवाना असुलीको पत्राचार गरेको छ । यो अनुगमन के का लागि भन्ने प्रश्नम बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको भनाई यस्तो छ ।
मासु ब्यवसायी संघले बधशालामा बध गरेको मासु नबेच्न ह्पि जारी गर्दा र बुटवल उपमहानगरपालिकाले बधशालामा बध गरेको मात्र मासु बेच्नको लागि कडाइ गर्दा यसपालिको दशैमा उपभोक्तालाई मासु पाउन निक्कै मुस्किल परेको हो । स्वच्छ, सफा र स्वस्थ्य मासु उपभोग गर्न पाउने अधिकारी उपभोक्ता हो । उपभोक्ताको हित संरक्षणको लागि सबै पक्ष गम्भिर बन्न जरुरी देखिन्छ ।




