LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ७९ औँ राष्ट्रसंघ स्थापना दिवसको अवसरमा युद्ध अन्त्यको आग्रह गर्दै बुटवलमा प्रदर्शन गरेको छ ।

विहिवार बिहान बुटवलको अस्पताल लाईनमा अधिकार कर्मी, सञ्चारकर्मी र अभियन्ताको उपस्थितिमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा इजरायली बर्बरताः विश्व शान्तिका लागि खतरा, हमास र हिजबुल्लाहको आतंकः विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरताः मानवता विरुद्धको अपराध हो जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

त्यसैगरी राष्ट्रसंघः विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइ ?, रुसः तत्काल युद्ध अन्त्य गर, इजरायलः विद्यालयमाथिको आक्रमण बन्द गर, इजरायलः शान्ति सेनामाथि आक्रमण बन्द गर जस्ता नारा सहितका प्लेकार्ड बोकिएको थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले विश्वभरि भएका युद्ध अविलम्ब अन्त्य गर्न माग गर्नुभयो । उहाँले युद्धका बाछिटाले कुनैपनि मानव अस्तित्व र मानव बस्तीहरुमा असर गर्नु जघन्य अपराध भएको औल्याउनु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानव अधिकारको एजेन्डामा पत्रकारहरु शान्ति समाजको सदैव साथमा रहेकोे बताउनुभयो ।

पूर्व सभापति हरिश ढकालले शान्तिको विकल्प हुनै नसक्ने उल्लेख्य गर्नुभयो शान्ति समाजका निबर्तमान सभापति खिमप्रसाद भट्टराईले शान्ति समाजको अभियान युद्ध निषेध रहेको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले समाज, देश र विश्वमा शान्ति र अहिंसा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय