LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको समर्थनमा विहिबार दिउँसो उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

रास्वपाका कार्यकर्ताहरुले मोटर साइकल र्यालीगर्दै बुटवल बजार परिक्रमा गरी भैरहवा पुगेका छन् । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधबार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहिबार पुनः बयानका लागि जिल्ला सरकार वकिलको कार्यलय उपस्थित गराइएको छ ।

रवि निर्दोष रहेको भन्दै रास्वपका कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजि गर्दै भैरहवा पुगेका हुन् । उक्त पार्टीका एक नेताले दिएको जानकारी अनुसार रविको बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।

पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यलयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।

दुई दिनमा ५० भन्दा बढी प्रश्न सोधिएको र विहिबार पनि झन्डै १५ प्रश्न सोधिने अनुसन्धान अधिकारीहरूले जनाएका छन् । उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय