बुटवल शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको अभियान अन्तर्गत शिखर इन्स्योरेन्स कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सक्रिय सहभागितामा थयो ।



डेङ्गु को प्रकोपका कारण रगत अभाव भएको अवस्थामा विभिन्न अस्पतालबाट रगत लिन आउनेहरु निराश भएर र्फकन बाध्य भएको बेला इन्स्योरेन्सले आफ्नो २० औं वार्षिक उत्सव पारेर रक्तदान आयोजना गरेको शिखर इन्स्योरेन्स बुटवलका प्रमुख विक्रम कार्कीले जानकारी दिनुभयो ।
बुटवलको दियालो फुडलाण्डमा भएको रक्तदानमा १०४ जनाले रक्तदान गरेको का थिए ।बुटवल रक्त सञ्चार केन्द्रका अनुसार अहिले अस्पतालमा उपचाररत डेङ्गीका गम्भीर बिरामीहरू बढेकाले रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ ।




