LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४७ स्थापना दिवसमा उत्कृष्ट उद्योगी सम्मान, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदानसहितका विभिन्न कार्यक्रम गरी तीन दिन मनाउने भएको छ । २०३५ साल मंसिर १५ गतेदेखि औद्योगिक विकासमा निरन्तर क्रियाशील उद्योगीहरुको छाता संस्था रहेको संघले यही मंसिर १५ गते ४७ औं स्थापना दिवस मनाउँदै छ ।

संघले तीन दिने कार्यक्रममा १३ गते सघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी ब्याडमिन्टन प्रतियोगिता, १४ गते दीप प्रज्वलन, १५ गते बिहान रक्तदान तथा दिउँसो मूल समारोह कार्यक्रमको तयारी गरिएको संघका अध्यक्ष दिलिप सापकोटाले बताए । मूल समारोहमा विभिन्न क्षेत्रका अग्रज उद्ममी उत्कृष्ट उद्योगी सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान तथा छात्रवृत्ति वितरण गरिने उनले बताए ।

संघले गर्ने यी सबै कार्यक्रमका लागि फरक फरक संयोजनको जिम्मेवारी तोकिएको छ । अन्तर ब्याडमिन्टन प्रतियोगिताका लागि खेल संयोजक कार्यसमिति सदस्य बलबहादुर गोदार बाल्दर, उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको अध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय