प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गर्नुभएको छ । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा शुक्रबार आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले सरकार तलमाथि पर्ने कुरामा कुनैपनि भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’ प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह गर्दै आफू २०८३ असारसम्म यो सरकार रहने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनुभयो ।



प्रधानमन्त्रीको दावी छ– ‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’ अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने दृढता ब्यक्त गर्नुभयो । उहाँले देशमा पूर्वाधारका काम भैरहेको, जिल्ला जिल्लामा सडक सञ्जाल पुगेको र हवाई क्षेत्रमा समेत देशले आमूल परिवर्तन गरेको उल्लेख गर्दै विकास नभएको भन्दै हल्ला सत्य नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीको भनाई छ– ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो निकट भविष्यमा हुने चीन भ्रमण सफल भएरै छाडने दावी समेत गर्नुभयो ।




