नवलपुर,
। गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।



थारु दुई बुहारीसहित घरनजिक रहेको बारीमा आलु लगाउन गएको बेला एक्कासी गैँडाले पेट र टाउकोमा आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभयो । नवलपुरमा पछिल्लो समय गैँडा आक्रमण बढिरहेको छ ।




