LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार साझ मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय