LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बुटवल उपमहानगरपालिका– ११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका विद्यार्थीले बुटवलका मेयर खेलराज पाण्डेलाई विदेश पलायन रोक्नेदेखि शिक्षा, स्वास्थ्य, खेलकुदका योजनाका बिषयमा प्रश्नैप्रश्न राखेका छन् ।

बुधबार विद्यालयमा भएको मेयरसँग विद्यार्थी कार्यक्रममा विद्यार्थीले विदेश पलायन रोक्नेदेखि शिक्षा, स्वास्थ्य, खेलकुदका योजनामा धेरै प्रश्न राखे । दर्जनभन्दा पनि बढी प्रश्न राखेका विद्यार्थीले धेरै प्रश्न शिक्षा क्षेत्रको सुधारमा केन्द्रित गरेका थिए । विद्यार्थी रोशन परियारले विद्यार्थी १२ को अध्ययनपछि विदेश पलायन बढेको भन्दै त्यसलाई रोक्न के योजना छ भन्ने प्रश्न राखेका थिए । त्यस्तै, विद्यार्थीहरू आकृति अधिकारी, नवराज गैरे, दिव्या सापकोटालगायतले शिक्षादेखि विभिन्न क्षेत्रका जिज्ञाशा मेयरसामु राखे ।

विद्यार्थीका एक–एक प्रश्नको जवाफ दिएका प्रमुख पाण्डेयले शिक्षालाई सीप र रोजगारसँग जोडेर विद्यार्थी पयायन रोक्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । तीनवटै तहका सरकारले युवाको माग र आवश्यकतालाई ध्यान दिएर देशमा बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

मेयर पाण्डेले शिक्षा तथा विद्यालयस्तरबाट नै खेलाडी र कलाकार उत्पादन गर्ने गरी उपमहानगरले लगानी गरेको बताउँदै डेरामा बस्ने विद्यार्थीलाई सहयोग गर्ने घरबेटीलाई सम्मान र दुःख दिनेलाई कारबाहीका विषयमा समेत बोल्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रम गर्ने क्रममा मेयरसँग विद्यार्थी कार्यक्रम गरिएको भन्दै यसले विद्यार्थीमा थप उत्साह थप्ने बताउनुभयो ।

कार्यक्रममा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उच्च जिपिए प्राप्त गर्ने ३९ जनालाई बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेय, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख तिवारी र बुटवल उपमहानगरपालिका– ११ का वडासदस्य नहकुल शाही ठकुरी लगायतले ९९ हजार नगद पुरस्कार र ३८ वटा सेक्सनबाट प्रथम, द्वितीय र तृतीय भएका ११५ जना विद्यार्थीलाई पुरस्कारसमेत वितरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय