LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नेपालगन्ज

। बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।

सोही क्रममा जिल्लाको खजुरा गाउँपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा उपचारका लागि आएका मध्ये २६८ जनामा मोतियाबिन्दु देखिएकाले निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताउनुभयो ।

उहाँले फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा मङ्सिर ९ देखि १२ गतेसम्म खजुरा गाउँपालिकाका चार वटा वडाहरुमा गरिएको निःशुल्क आँखा शिविरमा एक हजार ३१४ जनाको आँखा परीक्षण गरिएकोमा २६८ जनालाई मोतियाबिन्दु देखिएको बताउनुभयो ।

मोतियाबिन्दु देखिएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको पनि कार्यक्रम अधिकृत सादिकले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा बाँकेका विभिन्न स्थानमा गरिएको आँखा शिविरमा उपचारका लागि आउनेहरुमा मोतियाबिन्दु धेरै जनामा देखिएकाले सो बारेमा समुदायमा सचेतना फैलाउनु पर्ने आवश्यकता बढेको छ ।

यसैबिच मङ्सिर १४ देखि १८ गतेसम्म बर्दिया जिल्लाको राजापुर नगर पालिका अन्तर्गतका विभिन्न वडाहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको जानकारी आँखा अस्पतालका कार्यक्रम अधिकृत सादिकले गराउनुभयो ।

उहाँले सो अवधीमा शिविरमा पुगेर आआफ्नो आँखा परीक्षण गराई लाभ उठाउन समेत राजापुरका सर्वसाधारणसँग अपील गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय