LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मंगलवार सम्पन्न भएको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चार नम्बर जीतपुरस्थित बुद्ध रंगशालामा १० दिन अघि सुरु भएको थियो ।

महोत्सवका अवसरमा कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला संस्कृति प्रदर्शन गरिएको थियो । महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार भएको आयोजकले जनाएका छन ।

महोत्सवको उदघाटन गत मंसिर १९ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले गर्नुभएको थियो ।
मंगलवार भएको समापन कार्यक्रम महोत्सव आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यस अवसरमा विभिन्न प्रतियोगितामा सहभागी विजयी कलाकार तथा खेलाडी तथा उत्कृष्ट स्टलहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय