LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल स्थित कालिका मानवज्ञान माविको ६४ औं बर्षििकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय कालिका कप अन्तर्गत कबड्डी छात्र छात्रा दुबै तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ ।

कबड्डि छात्रा तर्फ नविन औद्योगिक मावि द्वितीय भएको छ भने न्यु होराइजन मावि तृतीय भएको छ । त्यस्तै कबड्डी छात्र तर्फ न्यु होराइजन मावि द्वितीय भएको छ भने होराइजन जिविएस तृतीय भयो ।

कालिका कप भलिबल प्रतियोगिता अन्तर्गत छात्रा तर्फ न्यु होराइजन प्रथम,एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र
कवरवर्ती बोर्डिङ स्कुल तृतीय भयो । भलिबल छात्र तर्फ न्यु होराइजन प्रथम कालिका मानवज्ञान मा वि द्वितीय र कवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको विद्यालयका खेल प्रशिक्षक हरिश वलीले जानकारी दिए ।
त्यस्तै स्एथलेटिक्स तर्फ पशुपति मावि प्रथम,कालिका मानवज्ञान द्वितीय र जनज्योति मावि तिलोत्तमा तृतीय भएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पिया,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा,अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले पुरस्कार तथा मेडल प्रदान गरे ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार,द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय