LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा जारी औद्योगिक व्यापार मेलामा हरेक दिन भैरहेको सांस्कृतिक कार्यक्रममा दर्शकको सहभागिता बढ्दै गएको छ । सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीले मेलालाई रोचक बनाउने गरेको छ ।

मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुट्का प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप–समितिका संयोजक निर्मित कसजुले जानकारी दिनुभयो । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएको सह संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा आइतबार चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहेको छ । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा दर्शकको बाक्लो उपस्थिति बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय