LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ पुस १६ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सुरु गरेको हो ।

मंगलबार एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्रतियोगिताको उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले पूर्वाधार विकास र खेल विकासमा बुटवल उपमहानगरपालिका लागेको बताउँदै बुटवलमा साढे ३ करोड रुपैया बजेटमार्फत खेलकुदको पूर्वाधार निर्माणको काम भैरहेको बताउनुभयो ।

बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले सिद्धेश्वर खेल मैदानमा सुरु भएको प्रतियोगिता विगतमा भएका कमि कमजोरीहरुलाई हटाएर सफलतापूर्बक सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको बताउँदै पछिल्लो ३ वर्षदेखि नगद पुरस्कार वितरण गरिदै आएको बताउनुभयो । यो वर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा हुँदैछ ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी भएका छन ।
जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्र र छात्रा), एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय