LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो खेलमा जित निकालेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट २२–२५ ले पराजित आर्मी त्यसपछि भने खेलमा फर्कियो । दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्दै आर्मी पहिलो जित निकालेको हो ।

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मीको टिम मैदान उत्रेको थियो । आर्मीको दोस्रो खेल शनिबार गल्कोट भलिवल क्लबसँग हुने छ भने गुजरात शुक्रवार नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिवल क्लबकावीच हुने छ भने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबीच हुनेछ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह विमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय