LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो खेलमा जित निकालेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट २२–२५ ले पराजित आर्मी त्यसपछि भने खेलमा फर्कियो । दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्दै आर्मी पहिलो जित निकालेको हो ।

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मीको टिम मैदान उत्रेको थियो । आर्मीको दोस्रो खेल शनिबार गल्कोट भलिवल क्लबसँग हुने छ भने गुजरात शुक्रवार नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिवल क्लबकावीच हुने छ भने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबीच हुनेछ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह विमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय