बुटवलमा सञ्चालित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले उचालेको छ । १८ स्वर्ण,८ रजत र २ कास्य गरी २८ पदकसहित कालिकाले लगातार तेस्रोपटक उपाधि हात पारेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा न्यु होराइजन मावि द्वितीय भएको छ भने गार्गी एकेडेमीले तेस्रो स्थान प्राप्त गरेको छ ।



१० स्वर्ण, ३ रजत र ५ कास्य गरी १७ पदकसहित न्यु होराइजन द्वितीय भएको हो भने ६ स्वर्ण, ६ रजत र ९ कास्य पदक जितेर गार्गी तेस्रो भएको छ ।
बिजेता खेलाडी तथा विद्यालयहरूलाई बिहीबार बेलुका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, बुटवल नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया लगायतले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।




