LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रगतिशील पत्रकार संघको १८ औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित एक कार्यक्रममा अहिलेको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले राजनीतिलाई कमाउने भाँडो बनाइएको आरोप लगाउँदै संघीयता खारेज गर्नुपर्ने र लोकतन्त्र जोगाउन आवश्यक रहेको धारणा राख्नुभयो । केसीले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।

त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल र प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासंघ केन्द्रिय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण र समकालीन चूनौतिहरूका विषयमा आ–आफ्नो धारणा राख्नु भयो ।
कार्यक्रमका अध्यक्ष श्यामलाल पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरुको भूमिका अपरिहार्य रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय